|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा आगलागी हुँदा १९ लाखभन्दा बढीको क्षति भएको छ।

आगलागीबाट मकालु गाउँपालिका–५ खोकताकमा आगलागी हुँदा ११ लाखभन्दा बढीको क्षति भएको छ। आगलागी मकालु–५ खोकताकमा भीमबहादुर तामाङको घर जलेर नष्ट भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिए।

गतराति विद्युत् सट भई आगलागी हुँदा खोकताका भीमबहादुरको घर जलेर पूरै नष्ट भएको वडाध्यक्ष राईले बताए। आगलागीबाट तामाङको घरमा भएका सुनचाँदी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडा सहितका सम्पूर्ण सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले बताए।

आगलागीबाट तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी छन्। घाइते तामाङको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ।

त्यसैगरी चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा आगलागी हुँदा ८ लाखभन्दा बढीको क्षति भएको छ। तिखिढुङ्गामा आगलागी हुँदा झलकबहादुर अधिकारीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडा सहितका सम्पूर्ण सामान नष्ट भए। आगलागीबाट मकालु गाउँपालिका–४ र वडा नम्बर–५ मा ४ वटा घर जलिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.