|
Photo : Facebook

काठमाडौं : भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार साँझ बैंग्लोरस्थित घर फर्किनेक्रममा उनको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

'मंगलबार साँझ घर फर्किने क्रममा उनकै घरबाहिर यो घटना भएको हो,' बैंग्लोरका पुलिस कमिश्नर सुनिल कुमारको भनाइ उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, 'के कारणले यो हमला भयो, यसबारे अहिलेसम्म केही खुल्न सकेको छैन।'

दक्षिणपन्थीहरुको आलोचक रहँदै आएकी गौरी आफ्ना बुबाले ४० वर्ष पहिले सुरु गरेको लंकेश पत्रिका सञ्चालन गर्दै आएकी थिइन्।

राजराजेश्वरी नगरस्थित आफ्नो घरको गेट खोल्ने क्रममा गोली प्रहार भएको प्रहरीले जनाएको छ। यसक्रममा उनको छातीमा २ र टाउकोमा एक गोली लागेको बताइएको छ।

उनको परिवारमा बहिनी कविता लंकेश, भाइ इन्द्रेस र आमा छन्। बहिनी कविता राष्ट्रिय फिल्म पुरस्कार विजेतासमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.