|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन्। पार्टी सभापति  शेरबहादुर देउवाले मंगलबार शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

देउवाले पार्टी प्रवक्तामा शर्मालाई नियुक्त गरेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। यसअघि १३औँ महाधिवेशनपछि कांग्रेसले पार्टी प्रवक्ता पाउन सकेको थिएन। तर अझै पनि विभिन्न विभाग गठनमा का‌ंग्रेस उदासीन देखिएकाे छ।

को हुन् शर्मा?

वि.सं. २०२७ मा झापामा जन्मिएका शर्माले १३ वर्षको उमेरमै राजनीति सुरु गरेका थिए। उनी २०४० सालमा धुलाबारी माविको नेविसंघ इकाई सभापति हुँदै राजनीतिमा प्रवेश गरेका हुन्। 

यस्तै, २०४३ मा मेची बुहुमुखी क्याम्पसमा नेवि संघ सभापति भएका शर्मा २०४७ सालमा नेविसंघ झापाका सभापतिसमेत भएका थिए। शर्मा २०४८ मा नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०५३ मा नेविसंघको महामन्त्री, उपसभापति हुँदै २०५७ मा निर्वाचित केन्द्रीय सभापति भए। दुई वर्षे कार्यकाल पुगेकै दिनसम्म मात्र सभापति भएका एक मात्र नेता हुन् शर्मा।

उनले पार्टी राजनीति भने २०६० सालबाट सुरु गरेका हुन्। २०६७ सालमा उनले कांग्रेस झापा जिल्ला सभापतिमा निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए। तर उनी उद्धव थापासँग पराजित भए। पर्टीको १३औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए। २०५९ मा पार्टी विभाजन हुँदा संस्थापन पक्षमै रहने भ्रातृ संस्थाको एक मात्र सभापति पनि शर्मा नै हुन्।  

के भने शर्माले?

उनले पार्टीले आफूलाई दिएको प्रवक्ताको जिम्मेवारीले उत्साहित तुल्याएको बताए। थाहाखबरसँगको कुराकानीमा उनले नयाँ जिम्मेवारीले आफूलाई नयाँ ऊर्जा थपेको प्रतिक्रिया दिए। ‘मैले प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको छु। जिम्मेवारी पाएसँगै पार्टीलाई सुदृढ रूपमा अगाडि बढाउने मेरो लक्ष्य छ',उनले भने, 'हामी बदलिन्छौँ, कांग्रेस बदल्छौँ भन्ने नारा आत्मसात गरेर अघि बढ्नेछु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.