|

महोत्तरी : नेपाली सेनाको प्रदेश–२ स्तरीय मध्यपूर्वी पृतना महोत्तरीको बर्दिवासमा बन्ने भएको छ।  पृतना निर्माणका लागि महोत्तरीको बर्दिबास स्थित मालपोत कार्यालयले नेपाली सेनालाई  दुई सय ८७ विघा १२ कठ्ठा साढे १६ धुर जग्गाको लालपुर्जा हस्तान्तरण गरेको छ।

नेपाली सेनाका प्रदेश नम्बर दुईका पृतना प्रमुख उपरथी ईश्वर हमाललाई मालपोत प्रमुख चन्द्रबहादुर भण्डारीले जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन्। नेपाल सरकारले सात प्रदेशमा नेपाली सेनाको पृतना स्थापनाका लागि सरकारको नाममा रहेको जग्गा उपलब्ध गराउन  मन्त्रिपरिषद्ले पौष २० गते निर्णय गरेको थियो।

सर्वाजनिक बाटो र बस्ती बाहेकका स्थानमा बर्दिबास नगरपालिकाको बिजलपुरा, बर्दिबास, पशुपतिनगर  र किसानगरको बीचमा नेपाल सरकारको नाममा रहेको जग्गा सरकारको निर्णय अनुसार नेपाली सेनालाई प्रदान गरिएको मालपोत प्रमुख चन्द्रबहादुर भण्डारीले बताए।

समाजिक सुरक्षा र सरकारी जग्गाको उपलब्धताको दृष्टिकोणले बर्दिबास नेपाली सेनाको पृतनाको लागि छनोटमा परेको हो। पृतना स्थापनाले  प्रदेश २ मा सुरक्षा व्यवस्था मजबुत बनाउन मद्दत पुग्ने पृतना प्रमुख  ईश्वर हमालले बताए। उनका अनुसार जग्गा प्राप्तिसँगै प्रदेश दुईस्तरीय नेपाली सेनाको मुख्यालय निर्माणको काम शुरु भइसकेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.