|

काठमाडौं : सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ। मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको सीमा पाँच हजार हुनुपर्ने तोकको छ।

यसै गरी व्यापारिक कारोबारमा प्रत्यक्ष्य असर पर्ने वा व्यक्तिगत फाइदा लिने हेतुले राजनीतिक दल, दलका नेतालाई चन्दा दिन नपाउने नियम मस्यौदामा राखिएको छ। यसैगरी निजी क्षेत्रले व्यावसायिक पारदर्शितालाइ बढवा दिनुपर्ने, कृत्रिम अभाव हुने गर्ने क्रियाकलापमा संलग्न हुन नहुने, विशेष कारणवश अभाव हुन गएमा अनुचित मूल्य राखेर व्यावसाय नगर्ने सदाचार नीतिमा उल्लेख गरिएको छ।

यसैगरी उधारो लिएको रकम या कर्जाको सदुपयोग गर्नुपर्ने, आम जनताको स्वास्थ्यमा प्रतिकूल हुनेगरी कार्य गर्न नपाउनेलगायतका नियम मस्यौदामा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.