|

काठमाडौं : अब सरकारी जागिरको अवधिभरमा एकपटक मात्रै आरक्षण पाइने भएको छ। आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भइरहेको निष्कर्ष निकाल्दै सरकाले एक व्यक्तिले एक पटक मात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार पारको संघीय निजामती कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटक मात्रै आरक्षण दिने व्यवस्था छ। मस्यौदा पास भएपछि निजामती सेवामा जनजाति, महिला, दलित, अपांग र पिछडिएका वर्गले पाउने आरक्षण अन्तर्गत एक जनाले एकपटक मात्रै आरक्षण आउनेछन्।

आरक्षण पाउने जाति र वर्गअन्तर्गत एकै व्यक्तिले सधैं पाइरहने अवस्था रोक्न यस्तो व्यवस्था गर्न लागिएको हो। कर्मचारीले सेवा प्रवेश गर्दा आरक्षण सुविधा लिए बढुवा पाउने छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.