|

अनिल ढकाल

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दसैं अघिनै संसदमा दर्ता गर्ने बताएका छन्। 

प्रेस सेन्टर नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मधेसको समस्या समाधानको लागि मधेशी दल र मोर्चासँग छलफल भइरहेको जानकारी दिँदै दसैंअघि नै प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बताए।

संशोधनको लागि एमाले सहमतिमा आउनुपर्नेमा जोड दिएका छन्। मधेशको माग सम्बोधनका लागि एमालेसँग पटक-पटक छलफल भएको भन्दै सहमतिमा आउन आग्रह समेत गरेका छन्।  ‘संविधान संशोधनको विषयमा सबैसँग छलफल भएको छ, दसैं अघि प्रस्ताव दर्ता गर्ने कोशिष हो’, उनले भने, ‘राष्ट्रिय सहमति बनाउने कोशिष गरेको छु, एमाले पनि सहमतिमा आउनै पर्छ।’ 

संशोधनको विषयमा मधेशी दल र मोर्चासँग छलफल गरेको बताए। प्रधानमन्त्री प्रचण्डले चैत्रभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भन्दै त्यसको वातावरण मिडियाले बनाउन आग्रह गरे। ‘चैतमा चुनाव गरिएन भने अप्ठेरो स्थिति आउँछ’, उनले भने। 

आफू मधेश जान ईच्छुक रहेको भन्दै मौसमको कारणले त्यता जान नसकेको बताएका छन्। अहिलेसम्मको अनुभवको आधारमा विकास र जनताको हितमा काम गर्ने प्रचण्डले बताए। कैलाली घटनामा संलग्न भएकालाई माफी दिने कुराको निर्णय नभएको जानकारी दिए। उनले भारत भ्रमण सफल भएको पनि दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.