प्रचण्ड सरकारको प्रस्थानबिन्दु गलत

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन हुँदै गर्दा एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष बामदेव गौतम निकै टाढिएका थिए। तर, पछिल्लो समय ओली र बामदेव फेरि नजिकिएका छन्।

शनिबार एमाले राप्ती अञ्चल सम्पर्क कमिटिले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी उपाध्यक्ष गौतमले ओलीको एकोहोरो तारिफ गरे।

प्रचण्ड सरकारको प्रस्थानबिन्दु गलत

गौतमले अहिलेको प्रचण्ड सरकारको प्रस्थानविन्दु नै सही नभएको टिप्पणी गरे। 'यो सरकारको प्रस्थानबिन्दु नै गलत छ। उहाँ (प्रचण्ड)ले जानेर गरेको भए त्यो अत्यन्त घातक छ। त्यसको भविष्यमा मूल्यांकन हुनेछ।' नेता गौतमले भने।

उनले संसदमा ओली सरकारले प्रस्तुत गरेकै निति, कार्यक्रम, बजेट लागु गर्ने हो भनेको प्रसंग उल्लेख गर्दै त्यसो हो भने ओली सरकार किन गिराएको ? भन्दै प्रश्न गरे।
'ओली सरकारकै कुरा हुबहु लागु गर्ने हो ओली सरकार किन गिराएको ?', बामदेवको प्रश्न छ।  

ओली अहिलेसम्मकै राष्ट्रवादी प्रधानमन्त्री

बामदेवले ओली अहिलेसम्मकै राष्ट्रवादी प्रधानमन्त्री रहेको दाबी गरे। केपी ओलीले भारतले नाकाबन्दी गरेका बेला चीनसँग गरेको पारवहन सम्झौताको तारिफ गर्दै उनले भने,'इतिहासमा धेरै प्रधानमन्त्री बनेका छन्। तर पृथ्वीनारायण शाहपछि कुनैपनि प्रधानमन्त्रीले चीनसँग त्यस्तो सन्धि गर्न सकेनन्। जून केपी ओलीले गर्नुभयो।' गौतमले केपी ओली सरकारले प्रस्तुत गरेको बजेटमा ठूला ठूला योजना समेटिएको भन्दै उनको तारिफ गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • That is true i agreed