|

काठमाडौं : संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न दबाव दिँदै काठमाडौंमा विद्यार्थी संगठनहरुले आइतबार प्रदर्शन गरेका छन्। बिभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरुले 'दलहरु अघि बढ लोकमान सिंहलाई कारबाही गर, लोकमान तन्त्र चाहिदैन, विधिको शासन कायम गर, लोकमान विरुद्धको महाभियोग प्रस्ताव पारित गर, संवैधानिक सर्वोच्चता बहाली गर, सांसदहरु अघि बढ, लोकमानको सम्पत्ति छानविन गर' लगायतका नारा लगाएका थिए।

प्रदर्शनपछि आयोजित सभामा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका महान्त्री कुन्दन काफ्ले, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादवले संबोधन गरेका थिए।

त्यस अवसरमा यस्तो दृष्य देखियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.