|
फाइल तस्बिर

काठमाडौंः नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको हो। पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा गर्न लागिएको केन्द्रिय सदस्य चिरन पुनले जानकारी दिए। 

जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन्। जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुनेछ। जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनसभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.