|

जनकपुरधाम : धनुषामा एक १२ वर्षीया बालिका २४ घण्टादेखि वेपत्ता भएकी छिन्। धनुषाको धनुषाधाम नगरपालिका-७ किसानपुरकी १२ वर्षीया बालिका बेपत्ता भएको २४ घण्टापछि प्रहरीमा वेपत्ता भएको खबर गरेको हो। मंगलबार साँझबाट हराएकी बबि कुमारी महतोलाई सकुशल खोजी दिन प्रहरीसमक्ष बुधबार साँझ परिवारजनले उजुरी दिएका हुन्।

मंगलबार साँझ घरबाट निस्केकी बेला आफ्नी बहिनीलाई अपहरण गरेको उनकी दिदी रवीकुमारी महतोले दाबी गरिन्। गाउँमै सानो किराना पसल खोलेर चलाउँदै आएकी र पसलकै रकम लेनदेनमा स्थानीय रजाक अन्सारी र उनका भाइ मुस्ताक अन्सारीसँग विवाद भएकाले उनीहरूले नै अपहरण गरेको दिदीको आशंका छ।

महतोले बुधबार जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय धनुषाधाममा बहिनीको अपहरण परेको भन्दै सकुशल खोजी दिन आग्रह गर्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको हो। अपहरित बालिका स्थानीय विद्यालयको कक्षा ५ मा अध्ययनरत छिन्। बालिक अपहरणमा परेपछि उनको घरमा रुवाबासी चलेको छ। बालिकाका बुवा श्याम महतो वैदेशिक रोजगारीमा गएका छन्।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले घटनाको सम्बन्धमा जानकारी आएको र प्रहरीको सम्बन्धित हुन सक्ने घटनाबारे छानबिन सुरु गरिएको जानकारी दिए। यता ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले घटनाको जानकारी आए पनि अपहरण वा अन्य केही भन्न सक्ने अवस्था नरहेको तथापि अनुसन्धान सुरु गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.