|

सुर्खेत : कर्णाली प्रदेशमा गत वर्ष पर्यटक आगमन ३४.२ प्रतिशत बढेको छ। गत वर्षको बैशाख १ देखि यो २०७६ वैशाख १ सम्म कर्णालीमा पर्यटक आगाम उत्साहजन बढेको कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा तथा वातावरण मन्त्रालयले जनाएको छ।

‘रारा कर्णाली पर्यटन वर्ष २०७५’पछि पर्यटकीय गतिविधि बढेको प्रदेश सरकारले बताएको छ। २०७५ सालमा पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक लक्ष्य लिए पनि चार लाख ७५ हजार २९१ पर्यटक भित्रिएको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।

तीमध्ये चार लाख ५४ हजार आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक रहेका छन्। उक्त तथ्यांक पर्यटक आगमन सर्वेक्षणमार्फत निकालिएको मन्त्रालयले जनाएको छ। 

मन्त्री बुढाले प्रदेश सरकारले विविध चुनौतीका बावजुत पनि पर्यटन विकासमा सन्तोष जनक काम भएको दावी गरेका छन्। ‘हामीले विभिन्न चुनौतीका बावजुद पनि प्रगति सन्तोषजनक रहेको छ,’ उनले भने, ‘कर्मचारी, भौतिक संरचना र कानुनको अभावबीच हामीले उत्साहजनक काम गरेको निश्कर्ष निकालेका छौं।’

सरकारले रारामा पदमार्ग निर्माणका लागि तयारी गरेको बताइएको छ। रारा राष्ट्रिय निकुन्जसँग समन्वय गरी होडिङ बोर्ड तथा सांकेतिक चिन्हरु राख्न लागिएको मन्त्रालयले जनाएको छ।

पर्यटन क्षेत्रबाट स्थानीय तह र संघीय सरकारलाई प्रत्यक्ष फाइदा भए पनि प्रदेश सरकारलाई भने प्रत्यक्ष त्यसको फाइदा नभएको मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले  बताए। ‘रारा र सेफोक्सुण्डोको राजस्व संघीय सरकारलाई जान्छ,’ प्रधानले भने, ‘अन्य पर्यटन क्षेत्रको पैसा स्थानीय तहलाई जाने गरेकोले प्रदेश सरकारलाई पर्यटनबाट राजस्व प्राप्त भएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.