पर्सा : नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको बताइएको छ।
मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत वर्षीय २८ देवीराम जैसीको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए। उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।
मृतक जैसीको कैलालीको सुखडका हुन्। उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ। मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछ पोष्टमार्टम हुने प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।