हुम्ला : नेपाली चलचित्र महानायक राजेश हमाल कैलाश मानसरोवर तीर्थयात्राका लागि हुम्ला पुगेका छन्।
पर्यटन र हुम्ली साँस्कृतिक सम्पादाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरेको 'हुम्ला बाइजाउँ' कार्यक्रममा हमालले हुम्लेलीलाई छमछमी नचाए। आफन्तलाई बोलाएर रातो काम्लो ओढाउने हुम्लेली संस्कारअनुरूप रातो बख्खु र रातो काम्लो ओढाएर हमाललाई भर्जिन हुम्ली बनाइयो।
महानायक हमाललाई हुम्लावासीले हुम्ली कलासांस्कृतिक झकीझकाउसहित हुम्ली मार्सी धान,अर्ग्यानिक चिनोको भात, फाफरको रोटी र हुम्ली वेशभूषाले स्वागत गरेका थिए। हुम्लेलीको सत्कार पाएर हमालले 'घर नै यतै बनाएर बसौँजस्तै लागेको' प्रतिक्रिया दिएका विजय होटलका प्रोपाइटर विजय लामाले बताए।
हुम्लालाई अझै सडक यातायातले छोएको छैन। नेपालगञ्ज, सुर्खेत हुँदै हवाइ यातायातबाट सिमकोट विमानस्थल ४५ मिनेटमै पुग्न सकिन्छ। नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सिमकोट विमानस्थल, कैलाश मानसरोवर ताल हुम्लाको पर्यटकीय गन्तव्य हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।