|

युद्ध, विभिन्न किसिमका उत्पीडन र द्वन्द्वका कारण आफ्नो थातथलोबाट गतवर्ष ७ करोड मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले गतवर्षको यो आँकडा हाल सम्मकै धेरै रहेको जनाएको छ।

७० वर्षदेखि शरणार्थी व्यवस्थापनको क्षेत्रमा क्रियाशील राष्ट्रसंघीय नियोगका अनुसार ७ करोडमध्ये २३ लाख मानिस जबर्जस्ती धपाइएका हुन्। बाँकी सुरक्षाको खोजीमा थातथलो छाडेर हिँडेका हुन्। औसतमा दैनिक ३७ हजार मानिस विस्थापित भइरहेका छन्।

रिपोर्टका अनुसार भेनेजुयला संकटपछि विस्थापितको संख्या उल्लेख्य रुपले बढेको हो। जबर्जस्ती धपाइने, शरण खोज्दै सुरक्षित देशतर्फ जाने र देशकै अन्य सुरक्षित ठाउँमा सर्ने गरी रिपोर्टले विस्थापितहरूलाई तीन भागमा वर्गीकरण गरेको छ।

तीमध्ये आन्तरिक विस्थापितको संख्या सबै भन्दा धेरै ४ करोडको हाराहारीमा छ। सिरियाबाट मात्रै सन् २०१८ मा ६७ लाख मानिस विस्थापित भएका छन्। विस्थापितको तुलनामा पुनःस्थापित हुनेको संख्या अत्यन्तै नगन्य छ।

नियोगको रिपोर्ट अनुसार सन् २०१८ मा ७ करोड मानिस विस्थापित हुँदा ९२ हजार ४ सय जनामात्रै पुनःस्थापित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.