|

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ९२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।  आर्थिक बर्ष २०७६/७७ को लागि कुल ९१ करोड ९२ लाख ४ हजार रुपैँया मात्र विनियोजन गरिएको छ। 

विनियोजन गरिएको बजेटमा  चालु तर्फ ३१ करोड २१ लाख ९४ हजार छुट्टाइएको छ। पुँजीगत तर्फ ५३ करोड २१ लाख १० हजार रहेको छ। शंखरापुर नगरपालिकाको आन्तरिक आय तर्फ  ५२ करोड २६ लाख ७० हजार अनुमान गरिएको छ। जसमा राजश्व बाँडफाँड बाट प्राप्त हुने रकम समेत गणना गरिएको छ।

शंखरापुर नगरपालिकाले प्रत्येक वडाहरुलाई  वडागत योजनको लागि ५ करोड ८२ लाख विनियोजन गरेको छ। वडाबाट छनौट भई आएका योजना, वडा अध्यक्षबाट सिफारिस भई आएका साना तिना योजनालाई  र मर्मत तथा विपद् व्यवस्थापन कोष खडा गरि कार्य गर्ने गरि बजेट विनियोज गरिएको  उल्लेख गरिएको छ। 

सामाजिक विकास तर्फः  १२ करोड ३४ लाख विनियोजन गरिएकोमा शिक्षामा १ करोड ८६ लाख ५० हजार, स्वास्थ्यमा १ करोड ११ लाख, खानेपानी तथा सरसफाईमा ४ करोड ६१ लाख, संस्कृति प्रबर्द्धनमा २ करोड ८२ लाख ६० हजार, खेलकुद तथा मनोरंजनमा ८० लाख र लैंगिक समानता तथा समावेशीकरणमा १ करोड १२ लाख ९० हजार विनियोजन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.