|

काठमाडौं : ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब एएफसी कपको अन्तिम खेलमा आज भारतीय क्लब चेनाइयनविरुद्ध प्रतिष्पर्धा गर्दै छ। प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको मनाङको हार या जीतले लिग अंक तालिकामा कुनै फरक पार्ने छैन् तर चनाइयन भने लिगको दोस्रो स्थानमा भएकाले आफ्नो जित निकाल्दै शीर्ष स्थानमा पुग्ने ध्याउनमा हुने छ।

सुखद अन्त्य मात्र मनाङको एकमात्र लक्ष्य रहेको छ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ४ः१५ बजे शुरु हुनेछ। चेन्नाईयिनसँगको खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने बताए। 

उनले भने ‘हामी घरेलु मैदानमा एएफसी कपको अन्तिम खेल खेल्दैछौँ।’ यसअघि ढाकाको अवहानीसँग बंगलादेशमा मनाङ फरफराकिलो हारको सामना गर्न बाध्य भएको थियो। त्यसैले मनाङ अन्तिम खेलमा आफु माथि पुन त्यस्तै गोलवर्षा नहोस भन्नेमा सचेत छ। लोप्साङले भने ‘हाम्रो तीनै प्रतिद्वन्द्वी निकै व्यवसायिक थिए। हामीले एएफसी कपको यात्रामा उनीहरुबाट धेरै सिकेका छौं। हाम्रो मुख्य उद्देश्य राम्रो छाप छाड्दै प्रतियोगिताको अन्त्य गर्ने हो।’ 

अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न चेन्नाइयिनका लागि भने मनाङमाथि जित निकाल्नु पर्ने हुन्छ। चेन्नाइयिनका प्रशिक्षक जोन चार्लेसले मनाङविरुद्ध उसकै मैदानमा उत्रँदा कुनै दबाब महसुस नगरेको बताए।  उनले जितको एक मात्र लक्ष्य र त्यसमा टोली ढुक्क रहेको बताए। समूह ‘ई’ को पुछारमा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ। चेन्नाइयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ। समूहबाट शीर्ष स्थानको टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.