काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्। स्वास्थ्य उपचारका लागि र निजी भ्रमण भएको भन्दै प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेनन्।
साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार मात्र स्वदेश फर्केका हुन्।
सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा ओलीको स्वास्थ्य परीक्षण भएको हो। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।