|

चितवन : पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका २ जनाको बयान सकिएको छ। राति साढे ७ बजे युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएको जनाइएको छ।

स्रोतका अनुसार सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइएको थियो। दिउँसो अस्मिताकोे बयान लिइएको थियो। रवि लामिछानेको भने भोलि मात्रै बयान लिइने स्रोतले जनाएको छ। उनको मंगलबार साँझ ५ बजेभित्र बयान सकाउने तयारी रहेको छ। 

बयानका क्रममा उनीहरूले के कुरा बताए भन्ने कुरा भने सार्वजनिक गरिएको छैन। सोही बयानपछि तिनै जनालाई म्याद थप गरी अनुसन्धान गर्ने वा छाड्ने भन्ने विषयमा मंगलबार मात्रै निर्णय लिइने बताइएको छ। उनीहरू तिनै जनालाई दिउँसो सरकारी वकिलको कार्यालय लगिएको थियो। जिल्ला प्रहरी कार्यालयको अगाडीको रोड चौविसकोठीबाट मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरीएको थियो।

१३ प्रदर्शनकारी पक्राउ

सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने १३ जना प्रदर्शनकारी पक्राउ परेका छन। भरतपुरमा जारी प्रदर्शनका क्रममा प्रहरीमाथि अपशव्द प्रयोग गर्ने, हुलहुज्जत गर्ने उनीहरूलाई हिजो र आज विभिन्न स्थानबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज ८ जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

५ जना भने आइतबार पक्राउ परेका हुन्। अन्य दिनको तुलनामा आज प्रदर्शनकारी कम देखिएका थिए। चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी गएको साउन २० गत्ते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.