|

दाङ : प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खेल समृद्धिको आधार भएको बताए। उनले खेललाई विगतमा शौखका रुपमा लिने गरेको भए पनि अहिले पहिचान र समृद्धिका लागि खेलिने गरेको बताए।

‘हिजो रमाउनलाई खेलिने खेलआज पहिचानको माध्यम वनेको छ’ मन्त्री वरालले भने। उनले खेलका माध्यमबाट पाँच नम्वर प्रदेशलाई मुलुककै अब्बल प्रदेश बनाउन सबै लाग्नुपर्ने बताए। उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा समेत राम्रो खेल्दै आएको वताउँदै सरकारले खेलाडीका उत्पादनमा ध्यान दिने कुरामा जोड दिए।

मुख्यमन्त्री कपले प्रदेशमा खेलको नयाँ उत्साह ल्याउने कुरामा समेत उनले बताए। त्यसैगरी कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनका लागि एकाडेमी लागि परेको बताए।  

अध्यक्ष शेर्पाले जिल्ला जिल्लामा एकाडेमी स्थापना गरेर फुटवलका खेलाडी उत्पादन गर्नका लागि एन्फाले कार्यक्रम अगाडि बढाएको बताए। ‘हरेक जिल्लामा प्रशिक्षण केन्द्रहरू स्थापना गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ’, अध्यक्ष शेर्पाले भने।

प्रदेश ५ का अखिल नेपाल फुटवलमा आवद्ध ६ जिल्लाका खेलाडीको सहभागिता रहको प्रतियोगित १२ गतेसम्म सञ्चालन हुने छ। खेलमा दाङ, बाँके, बर्दिया, रोल्पा, रुपन्देही र नवलपरासीका खेलाडीको सहभागिता रहनेछ।  

प्रतियोगितामा प्रथम विजेताले  २ लाख नगद र सिल्ड  दोस्रो हुने बिजेताले १ लाख नगद  पुरस्कार प्राप्त गर्ने छन्। बिहीबारको उद्घाटन खेल  दाङ र नवलपरासी बीच भएको थियो। उद्घाटन खेलमा  दाङलाई हराउँदै  नवलपरासी ३ गोलले बिजयी भएको छ।

नवलपरासीका तर्फबाट नम्वर ११ का सुरज आलेमगर ६, ३९ र ८८ मिनेटमा गोल गरेका दिए। भदौ  १२ गते सम्म संचालन हुने खेलमा प्रत्येक दिन दुईवटा खेल हुने आयोजक समितिले जनाएको छ। आज विहान ७.३० वजे रोल्पा र वर्दियाकाे खेल भयाे भने ४.३० वजे बाँके र रुपन्देहीका बीचमा खेल हुने पत्रकार लक्ष्मण बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.