|

एजेन्सी : नेपालमा सडक अनुशासन पालना अभाव एक गम्भीर समस्या बनिरहेको छ। सडकमा लेन अनुशासन पालना त नेपालमा शून्य जस्तै छ। सवारी चालक अनुमतिपत्र नलिइ सवारी चलाउनेको संख्याको हिसाब नै छैन। 

नेपालमा सडक अनुशासन उलंघनको कारवाही फितलो भइरहँदा छिमेकी भारतले भने कडाइका साथ कार्यान्वयन गर्न थालेको छ । यस्तै एउटा समाचार भारतको ओडिसा राज्यबाट प्राप्त भएको छ । 

सडक अनुशासन उल्लंघन गरेको पाइएपछि नागाल्यान्डका एक ट्रक मालिकमाथि परिवहन अधिकारीहरूले ६ लाख ५३ हजार ( १० लाख ४४ हजार नेपाली रूपैयाँ) जरिवाना गराएका छन्। 

संशोधित मोटर भेहीकल कानुन लागू भएपछि यो भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो जरिवाना राशि हो। तर चलान काट्ने अधिकारीले भने ट्रकमाथि पुरानै मोटर भेहीकल कानुन अनुसार जरिवाना तोकिएको जनाएका छन्। अहिले सामाजिक सञ्जालमा चलानको उक्त फोटो भाइरल भइरहेको छ। 

अधिकारीका अनुसार ट्रकलाई १० अगस्टमा सम्बलपुरमा ट्राफिक नियम तोडेपछि समातिएको थियो। ट्रकको कागजपत्र जाँच्दा उसले जुलाई २०१४ देखि कर नतिरेको भेटिएको थियो। 

त्यसपछि ट्रकविरूद्ध पहिले ओडिसा मोटर व्हीकल कर कानुन अनुसार ६ लाख ४० हजार जरिवाना तोकियो। यसका अलावा ट्रक ड्राइभरसँग बीमा, प्रदूषण प्रमाण पत्र र पर्मिट पनि नभएको भेटिएको थियो। उसले ट्रकमा यात्री पनि बोकेको पाइयो। यी सबै ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ट्रक मालिकले ६ लाख ५३ हजार भारतीय रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो। 

सम्बलपुरका राजश्व अधिकारीका अनुसार ट्रक मालिकले अहिलेसम्म जरिवाना तिरेका छैनन्। त्यहीकारण ट्रक प्रहरी कार्यालयमै राखिएको छ। उनका अनुसार संशोधित मोटर व्हीकल कानुन अनुसार जरिवाना तिराउँदा ट्रक मालिकले ७ लाख भारतीय रूपैयाँ तिर्नुपर्ने हुन्छ। अहिलले भारतीय कानुनमा बीमा, लाइसेन्स र प्रदूषण प्रमाणपत्र नभएमा धेरै जरिवाना असुल्ने व्यवस्था छ। 

दिल्लीमा २ लाख जरिवाना

यसअघि राजधानी दिल्लीमा एक ड्राइभरले ट्राफिक नियम उल्लंघन गरेपछि २ लाख ५ सय रुपैयाँ जरिवाना तिराइएको थियो। यो जरिवाना नयाँ मोटर भेहिकल कानुन अनुसार लिइएको थियो। 

ओडिको सम्बलपुर जिल्लामा पनि ट्राफिक नियम मिचेपछि एक ट्रक ड्राइभरमाथि  ८६ हजार ५ सय रूपैयाँको जरिवाना काटिएको थियो। ट्रक ड्राइभरले करिब ५ घण्टा पुलिससँग बहस गरेपछि ७० हजार तिराएर छाडिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.