मनोरञ्जन

‘ट्रिब्युट टु राजेश हमाल’ कार्यक्रमको आयोजना हुँदै
SHARES

असोज ७, २०७६

    काठमाडौं : साधना कला केन्द्र र लाइब नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु राजेश हमाल’ कार्यक्रमको आयोजना हुने भएको छ।

    तीन दशकदेखि चलचित्र क्षेत्रमा अनवरत रुपमा काम गरेका नायक राजेश हमाललाई उनले दिएको योगदानको कदर गर्दै ट्रिब्युट गर्न लागिएको कार्यक्रम प्रमुख मिलन मोक्तानले बताए। असोजको १२ गते होटल सोल्टीमा राजेशलाई ट्रिब्युट गरिने छ।

    ट्रिब्युट कार्यक्रममा राजेश हमालद्बारा अभिनित विभिन्न चलचित्रका गीतहरू प्रत्यक्ष रुपमा प्रस्तुत गरिने छ। आयोजकका अनुसार भारतबाट सुप्रसिद्ध गायिका साधना सरगम र इन्द्रजीत मिजार पनि यस कार्यक्रमका लागि नेपाल आउँदैछन्। 

    उनीहरूसँगै नेपालका प्रसिद्ध गायक-गायिकाहरू प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरजकुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल वली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दीप क्षत्री आदिले यस कार्यक्रममा प्रस्तुती दिनेछन्। 

    राजेशलाई विभिन्न सरकारी तथा निजी संस्थाहरूले पनि सम्मान गर्नेछ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]