|

गौर : नेपाल कम्युनिष्ट पार्टी प्रदेश-२ का अध्यक्ष तथा सांसद प्रभु साहले पार्टी एकता नचाहनेहरू दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच विवाद बढाउन तल्लीन रहेको आरोप लगाएका छन्।

दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार रौतहटको फतुवा विजयपुर नगरपालिका-७, घुसुकपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले पार्टीका दुई अध्यक्षबीच कुनै विवाद नरहेको स्पष्ट पार्दै विवाद बढाउने तत्वहरुबाट पार्टी र कम्युनिष्ट आन्दोलनलाई जोगाउन उनले आग्रह गरे।

'हामीले देख्न सक्छौँ केही व्यक्तिहरू हाम्रो पार्टीका दुई अध्यक्षबीच विवाद आउन सक्ने खालका गतिविधिमा दिनरात लागेका छन्', अध्यक्ष साहले भने, 'देशलाई समाजवादतर्फ डोर्‍याउन लाग्नुभएका अध्यक्षद्वयविरुद्ध प्रतिक्रियावादीहरु लाग्नु स्वाभाविक हो।

देशबाट गरिबी र विभेद अन्त्य भएमा आफ्नो दिन सकिने चिन्ता उनीहरूलाई छ।' साहले नेकपाकै केही नेता त्यस्तो काममा लागेको देख्दा अचम्म हुनुपरेको बताए।

'हामी त्यस्ता तत्वहरुबाट सावधान हुनुपर्छ, उनीहरु पार्टी एकता नचाहने कम्युनिष्टको खोल ओढेका प्रतिक्रान्‍तिकारीहरू हुन्', अध्यक्ष साहले थपे, 'म तपाईहरूलाई विस्वस्त पार्न चाहन्छु  नेकपाका दुई अध्यक्षबीच कुनै विवाद छैन।' कार्यक्रममा विकास निर्माणलगायत विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.