|

धरान : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता हुन नदिन कांग्रेसले अनेक प्रपञ्‍च रचेको आरोप लगाएका छन्।

मंसिर १४ मा हुने उपनिर्वाचनको मौनअवधिको पूर्वसन्ध्यामा धरानको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता हुन नदिन कांग्रेसले तल्लोस्तरको कदम चालेको बताए ।

'कम्युनिस्ट पार्टीहरु एक हुन नदिन कांग्रेसले आफुलाई पाँच वर्ष प्रधानमन्त्री पद अफर गरेको थियो', प्रचण्डले भने, 'अर्काको भन्दा आफ्नो चासो लिनु, नत्र म्युजियममा राख्ने खालको कांग्रेस होला।'

महिला र मधेसी समुदायबाट रास्ट्रपति बनाउने पार्टी नेकपा भएकाले समानुपातिक समावेशीको बिषय आफुहरुलाई नसिकाउन प्रचण्डले आग्रह गरे। दुई अध्यक्षबीच लडाइँ गराएर फाइदा लुटन् कांग्रेसले खोजे पनि नेकपाको एकतामा केही असर नपर्ने जिकिर उनको थियो ।

कांग्रेसले लगाएको आरोप खण्डनमै लामो समय खर्चेका प्रचण्डले पार्टी एकतामा कहीँकतै द्विविधा नरहेको बताए। आलोपालो सरकार चलाउँदा अलिक द्विविधा हुने बताउँदै उनले सरकारले पूरा कार्यकाल काम गर्ने स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.