सिसीटिभी र बार पनि लगाइयो

|

धरान : मतगणनास्थल साँघुरो र असहज भएको भन्दै धरान उपमहानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन। 

एउटै कोठा भित्र चार ठाँउ मतगणना गर्न नसकिने भन्दै कांग्रेस उमेदवार तिलक राइले तत्काल मतगणना गर्न नहुने अडान राखेका छन्।

राति १० बजे सुरु हुने भनिएको मतगणना अहिले कोठा साँघुरो भएको भन्दै सुरु हुन नसकेको हो। मतगणनास्थलको सुरक्षा व्यवस्था चुस्त भए पनि कोठा साँघुरो छ।

५९.२४५ प्रतिशत मतदान भएको धरानमा मतगणनास्थलको तयारी भइसकेको थियो। तर ठाउँ पर्याप्त नभएको गुनासो सुनिएपछि समय लम्बिने भएको छ। 

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले कडा सुरक्षा व्यवस्थामा मतगणनाको तयारी गरिरहेको बताएका छन्।  मतगणनास्थलमा २ वटा सिसिटिभी राखिएको छ। मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरुबीच घेराबारा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.