|

धरान : मतगणनाका क्रममा बस्ने ठाँउ असहज भएको भन्दै समयमै सुरु हुन नसकेको धरानको मतगणना मध्यराति १२ बजेर ७ मिनेटबाट सुरू भएको छ ।

राति १० बजे सुरु हुने भनिएको मतगणनास्थलका कोठा साँघुरो भएकाले ४ ओटा समूहबाट घटाएर २ ओटामा मात्रै गन्ने सहमति भएको हो। अहिले 

वडा नम्बर २० का तीनओटा मतपेटिका खोलेर गणना थालिएको हो।

त्सयअघि कांग्रेस उम्मेदवार तिलक राइले बस्दा चकटी प्रयोग नगर्ने सर्त अघि सारेका थिए। चकटी मात्र होइन, उनले मतगणना सुरु हुनु भन्दा अगाडि बुथ मुचुल्कासमेत हेर्नु पर्ने माग राखेका थिए।

गणकहरू बस्ने चकटी भित्र मतपत्र लुकाउन सक्ने आशंकामा राइले चकटी हटाउन प्रस्ताव गरेका थिए । राइको प्रस्तावपछि चकटी पनि हटाइएको छ।

१० बजे नै सुरु हुनु पर्ने मतगणना बारम्बारपछि धकेलिँदै मध्यराति सुरू भएको हो। एउटै कोठा भित्र चार ठाउँ मतगणना गर्न नसकिने भनेपछि मध्यराति गाँठो फुकेर गणना सुरू भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.