|

धरान : धरान उपमहानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बनाएको छ। प्राप्त पछिल्लो परिणाम अनुसार धरानमा कांग्रेसका उम्मेदवार तिलक राईले ६८५८ मतसहित अग्रता बनाएका हुन्।

धरानमा मेयर र वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनाका क्रममा कांग्रेसले मेयरतर्फ ४२४ मतसहित अग्रता बनाएको हो।

अहिलेसम्म पछि पारिरहेका नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राई पछि परेका छन्। उनले ६४३४ मत ल्याएका छन्। अहिलेसम्म धरानका १६,१७, १८, १९ र २० नम्बर वडाको मत गणना भइसकेको छ। 

पछिल्लो गणना अनुसार १६ नम्बर वडामा कांग्रेसले २ हजार ३ सय ४१ पाएको छ भने नेकपाले १ हजार १ सय ८० मात्र मत पाएको हो ।

१७, १८, १९ र २० वार्डमा सत्तारुढ नेकपा ५७ को झिनो मतअन्तरले अगाडि थियो । तर, नेकपाको गढ क्षेत्र मानिएको क्षेत्रमै कम मतान्तर भएकाले काङ्ग्रेसले आफ्नो पक्षमा पर्दै गएको छ ।

पाँचवटा वडाको गणना सकिँदा नेकपाको ६ हजार ४ सय ३४ आएको छ। कांग्रेस ६ हजार ७ सय ५८ मत ल्याएर अगाडि रहेको छ । साविक निर्वाचनमा राम्रो मत ल्याएको वामपन्थी पक्षधरहरुकै क्षेत्रमा यो पटक भने राम्रो मत नखसेको हो।

गत स्थानीय तहको निर्वाचनमा नेकपाको राम्रो आधार क्षेत्र मानिएको १७ नम्बर वडामा तत्कालीन नेकपा एमालेले १३९५ र माओवादी केन्द्रले १८९९ गरी ३२९४ मत प्राप्त गरेको थियो । त्यसबेला नेपाली कांग्रेसले १०३२ मत मात्र ल्याएको थियो।

यस पटक नेकपाले २२६५ मत ल्याउँदा कांग्रेसले २२२५ मत ल्याएको छ। अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले यहाँ दोब्बर भन्दा बढी मत ल्याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.