|

भारतको उत्तरप्रदेशस्थित उन्नावमा बलात्कारपछि जलाईएकी अर्की युवतीको पनि ज्यान गएको छ। 

गत मार्चमा यी युवतीमाथि सामूहिक बलात्कार भएको थियो। त्यसपछि उनलाई जिउँदै आगो लगाएर बलात्कारीहरु भागेका थिए। 

'उन्नाव बलात्कार' पीडित युवतीको दिल्लीस्थित सफदरजङ अस्पतालमा मृत्यु भएको चिकित्सक शलभ कुमारले जानकारी दिएका छन्। पीडित युवतीलाई उपचारका लागि बिहीबार सो अस्पतालमा भर्ना गरिएको थियो।

शरीरको ९० प्रतिशतभन्दा बढी हिस्सा जलेको अवस्थामा भेटिएकी युवतीलाई लखनउबाट एअर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो। अस्पताल भर्ना गरिनुअघि नै युवतीको अवस्था निकै गम्भीर थियो।

बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई प्रहरीले गोली ठोक्यो

बलात्कार मामिलामा सुनुवाईका लागि अदालत गईरहेकी युवतीहरुलाई अभियुक्तले घेरेर आगो लगाईदिएका दिए। मार्च महिनामा यी युवतीमाथि सामुहिक बलात्कार भएको थियो। सोही काण्डमा बयान दिनका लागि उनी अदालत जाँदै थिईन्।

प्रहरीले यो काण्डमा मुछिएका शंकास्पद पाँच जना व्यक्तिहरुलाई पक्राउ गरेको छ, जसमध्ये एकजना यसअघि नै बलात्कार मामिलामा जेल परेर निस्किएको व्यक्ति रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

भारतकै हैदराबादमा शुक्रबार बिहानै प्रहरीले एक पशु–चिकित्सक युवतीको बलात्कार र हत्यामा संलग्न चारजनालाई इन्काउन्टर गरिदिएको थियो।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.