|

काठमाडौं : क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष-२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ। शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भनेर सरकारलाई आफ्नो तर्फबाट थप सहयोग पुर्याउने भएको हो।

अन्तर्राष्ट्रिय क्षेत्रमा मिडियो रिलेशनसिपमा स्थापित भएका डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा अध्ययन तथा अनुसन्धान गरेर हाँसिल गरेको अनुभव सुनाएका थिए। उनले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने मेथोड पनि सार्वजनिक गरे।

उनले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि कलम चलाउने भएको सुनाए। उनले भने, ‘मैले विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको छु। ईक्वेडरको सरकारसँग त मैले मिलेर काम गरेको छु। आइसल्याण्ड, म्यानमार, अफ्रिकामा बसेर त्यहाँको पर्यटन विकासको लागि काम गरेको छु।’

उनले आफू नेपाल सन् २०१५ मा पहिलोपटक आएको सुनाए। उनले थपे, ‘म नेपालमा पहिलोपटक आउँदा यहाँ भूकम्प गएको थियो। अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकले अन्नपूर्ण, सगरमाथाको बारेमा थाहा छ, तर उनीहरूलाई अरु ठाउँको बारेमा छैन्। त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्यपनि पहिचान गर्नुपर्छ।’

उनले मिडियाले पनि पर्यटकलाई नयाँ–नयाँ ठाउँको भ्रमण गर्नको लागि आकर्षण गराउने गरि फिचर स्टोरी लेख्नुपर्ने सुझाव दिए। उनले थपे, ‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो। यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटक त्यहाँ जान्छन्। यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं भने उनीहरू यहीँमात्रै बस्छन्। त्यसैले हाम्रो भूमिका पनि महत्वपूर्ण छ।’

नेपालमा पनि विभिन्न क्षेत्र र ठाउँबाट पत्रकारले प्रतिनिधित्व गर्ने सुनाउँदै सबैले आ-आफ्नो अनुभव आदानप्रदान गर्नुपर्ने उनको धारणा छ। नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रमा आवद्ध संघ, संस्थाले योजना बनाउनुपर्ने र सोहीअनुसार अघि बढ्नुपर्ने पनि उनको सुझाव छ। उनले त्यसको लागि फोर ‘ए’ अर्थात् चारवटा ‘ए’ लाई अघि सारेका छन्। जसमध्ये एट्रयाक्शन, एक्सेस, एकोमोडेसन र एडभर्टाइजिङ रहेका छन्।

उनले नेपालमा धेरै हिमाल रहेकोले ती सबैको आकर्षणको बारेमा प्रचार-प्रचार गर्नुपर्ने बताए। त्यस्तै, दोस्रो कुरामा उनले एक्सेस अर्थात पहुँच दिनुपर्ने बताए। त्यसमा भने विमानस्थललगायतका सुविधाको कुरा उल्लेख गरे।

त्यस्तै, उनले अघि सारेको अर्को सूत्रमा एकोमोडेसन रहेको छ। जसमा राम्रो होटललगायतको सुविधा रहेको छ। चार चौथो सूत्रमा रहेको एडभर्टाइजिङ रहेको छ। यसको लागि सशक्त माध्यम भनेको नै मिडिया भएको उनको तर्क छ। नेपालको पर्यटन क्षेत्रको विकासको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नसक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.