|

ओमानका सुल्तान काबुस बिन सैद अल सैदको निधन भएको छ। ७९ वर्षीय सुल्तान काबुसको शुक्रबार राति निधन भएको हो। 

सुल्तान काबुस केही समयअघि मात्रै जर्मनीबाट उपचार गराएर मस्कट फर्किएका थिए। उनले बेलायतको सहयोगमा सन् १९७० मा पितालाई सत्ताबाट हटाएर देशको शासन सत्ता आफ्नो कब्जामा लिएका थिए। उनले नेतृत्व गरेपछि ओमानलाई परम्परागत संस्कृति र सोचबाट माथि उठाएर समृद्धिको दिशा दिएका थिए।

काबुस सुल्तान बन्दा देशमा जम्मा १० किलोमिटर पक्की सडक र तीनवटा विद्यालय थिए। उनले पेट्रोलियम पदार्थ बिक्री गरेर त्यसबाट विकास निर्माणका काम सुरु गरेका थिए। आफ्ना बालबच्चा नभएका काबुसले सन् २०११ मा आफ्नो उत्तराधिकारी चयन गर्ने प्रक्रियासमेत बदलेका थिए। 

काबुसको निधनपछि शाही परिवारले तीन दिनभित्र नयाँ सुल्तान चयन गर्नेछ। त्यहाँको राजपरिषद्मा करिब ५० जना पुरुष सदस्य छन्। राज परिषद्भित्र नयाँ सुल्तानमा सहमति नजुटे रक्षा परिषद् अध्यक्ष, प्रधानन्यायाधीश, सल्लाहकार परिषद् र राज्य परिषद् अध्यक्षले एउटा बन्द खाम खोल्नेछन्। जहाँ सुल्तान काबुसले आफ्ना उत्तराधिकारीको नाम लेखेर राखेका छन्। उनै व्यक्ति सुल्तान बन्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.