|

'झुक्किएर युक्रेनी जहाज खसालेको' स्वीकार गर्नासाथ इरान सरकारविरुद्ध सुरू भएको नागरिक आन्दोलन झनझन् चर्किँदै गएको छ। 

राजधानी तेहरानका मुख्य चोकहरूमा प्रदर्शनकारीहरू भेला भएका हुन्। इरानी सेनाले अमेरिकी बमवर्षक ठानेर युक्रेनी विमानमाथि मिसाइल हान्दा १७६ जनाको ज्यान गएको थियो। मर्नेमध्ये धेरैजसो इरानी नै थिए।

तेहरानको आन्दोलनमा त्यहाँका सर्वोच्च नेता अयोतोल्लाह खमेनीविरुद्ध पनि नारावाजी भइरहेको छ। 'अमेरिकालाई शत्रु करार गरे तिनले हामीलाई झुक्याइरहेका छन्। हाम्रो शत्रु अन्त हैन, यहीँ इरानमै छ,' नारामा भनिएको छ।

तेहरान विश्वविद्यालयको आसपास ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको एजेन्सीहरूले जनाएका छन्। मिसाइल आक्रमणबारे सुरूमा झुट बोलेको सरकारले त्यसको दुई दिनपछि 'झुक्किएर मिसाइल हानेको' वयान दिएपछि सरकारविरुद्ध सर्वसाधारणको आक्रोश चुलिएको हो। 

'मलाई त त्यो घटना सम्झिँदै पनि दु:ख लाग्छ,' तेहरानका एक सर्वधारणले भने, 'जब म मृतकको परिवारलाई सम्झन्छु, सरकारको काम सम्झेर लज्जित हुन्छु।'

आइतबार तेहरानबाट प्रकाशित एक दैनिक पत्रिकाले 'जनताको माग' भन्दै सरकारलाई 'माफी माग्न र राजीनामा दिन' भनेको छ। इरानी नेतृत्वलाई सम्बोधन गर्दै ट्विट गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आन्दोलनकारीमाथि आक्रमण नगर्न' भनेका छन्। उनले लेखेका छन्, 'संसारले हेरिराखेको छ, झनै महत्त्वपूर्ण कुरा, अमेरिकाले हेरिराखेको छ।'

सरकारविरुद्ध सल्किएको आगोमा 'घिउ थपेको' भन्दै इरान सरकारले शनिबार बेलायती राजदूतलाई केहीबेर नियन्त्रणमा समेत लिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.