|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आन्तरिक विवाद साम्य भएका दिन पार्टी नै नरहने बताएका छन्। 

नेकपाको बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र आन्तरिक विवाद हुनु स्वभाविक भएको बताएका हुन्। 

‘जुन दिन पार्टीभित्र विवाद र कलह समाप्त हुन्छ त्यो दिन पार्टी नै रहँदैन,’ उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने। उनले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको पनि बताएका छन्। 

दाहालले पार्टीलाई एकतावद्ध गर्ने कोसिस जारी रहेको बताए। अध्यक्ष प्रचण्डले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, भत्किने र फुट्ने प्रक्रिया चलिरहने पनि उल्लेख गरे।

'धेरैलाई पार्टी विवादरहित र शान्त बनिदिए हुन्थ्यो भन्‍ने लाग्छ', उनले भने, 'हामीलाई पनि त्यस्तै लाग्छ। तर जुन दिन पार्टी विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्‍नँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.