|

दाङ : पूर्वसभामुख कृष्णबहादुर महराले वार्ता र मिहिनत गरेर ल्याएको संघीय गणतान्त्रिक सरकारले आफूलाई भूमरीमा फसाउन खोजेता पनि त्यसलाई जितेर आएको बताएका छन्।

‘मलाई अहिलेको सरकारले संक्रमण ढंगले भूमरीमा फसाएको भएता पनि म भूमरीबाट निस्किएँ' बिहीबार पश्चिम दाङको हापुरेमा रहेको वार्ता भवनको अवलोकनपछि संक्षिप्त कुरा गर्दै महराले भने, 'मैले जितेँ, त्यो जित मेरो नभई जनताको माया, ममता, शुभेच्छा, सद्भाव र समर्थनले गर्दा सफलता मिलेको हो।'

पूर्वसभामुख महराले २०६० साल साउन ३२ गतेदेखि भाद्र ५ हापुरेमा तत्कालीन माओवादीका तर्फबाट आफू र अर्का नेता डा. बाबुराम भट्टराई वार्ताको लागि आएको स्मरण गरे। उनले वार्ताका क्रममा दोरम्भामा घटना भएपछि वार्ता सफल नभएको समेत बताए।

त्यो घटनापछि आफू भूमिगत भएको र १८ वर्षपछि शान्तिवार्ता भएको भवनको अवलोन गर्दा खुशी लागेको बताए। उनले शान्तिवार्ता भएको भवनमा आउँदा त्यसबेलाको बेलाका घटनाहरूको याद आएको समेत उनले बताए। उनले उक्त भवन ऐतिहासिक भएको समेत बताए।

महराले जनताको संघर्षले ल्याएको नयाँ संविधान, लोकतान्त्रिक गणतन्त्रण अहिले खतरामा पर्न खोजेको जस्तो अनुभूति आफूलाई भइरहेको बताए। 'जनताले संघर्ष गरी ल्याएको परिवर्तन खतरामा छ, त्यसको रक्षाको लागि म दृढतापूवर्क लागी पर्ने छु’ उनले भने।

उनले राष्ट्रिय स्वाधिनता वा जनताको जनजीविकाको सवालमा सधैँ जतनाको साथमा रहेको र कहिले साथ नछोड्नेसमेत बताए। महरालाई दाङको तुलसीपुर, विजौरी, श्रीगाउँ, खैरेनीमा नागरिकले र बबई गाउँपालिकाले समेत स्वागत एवं सम्मान गरेको थियो।

सो क्रममा महराले आफूलाई बिर्सेको भए सम्झनास्वरूप आफू भेटघाटको क्रममा यहाँसम्म आइपुगेको बताए। उनले जनताको माया, समर्थन, विश्वास र सद्भावका कारण आफूले जीत हासिल गरेको बताउँदै आफू सधैँ जनताको माझ रहेको समेत बताए।  सो क्रममा मतदाताले पनि पश्चिम दाङका जनतालाई नभुल्न आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.