|

मनाङ : अन्नपूर्ण पदमार्गमा हेल्थ डेक्स निर्माण गरिएको छ। मनाङको नासो गाउँपालिका १ ताल गाउँमा रहेको अस्थायी चेकपोस्ट निर्माण गरी स्वदेशी तथा विदेशी पर्यटकको शरीरको तापक्रम चेकजाँच गर्ने काम भइरहेको तालगाउँ हेल्थडेक्सका कर्मचारीले बताए। 

स्थानीय निकाय र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा जिल्लाका सबै ठाउँमा हेल्थ डेक्स तयार पारिएको छ। विश्व चर्चित अन्नपूर्ण पदमार्गमा दैनिक सरदर ५० देखि ६० जना पर्यटक आउने गर्छन्।

जिल्लामा पर्यटकको चाप बढ्ने भएकाले सबै ठाउँमा हेल्थ डेक्स निर्माण गरिएको जिल्ला प्रशासन मनाङले जानकारी दिएको छ। हाल जिल्लाको ताल, धारापानी, चामे, माथिल्लो मनाङका भ्राका, र मनाङ गाउँमा हेल्थ डेक्स निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.