कोभिड-१९ {अपडेट}

संक्रमित युवतीसँगै आएका थप एक फेला, क्वारेन्टाइनमा राखियो

चैत १३, २०७६

    बाँके : संक्रमित युवतीसँगै कतार एयरवेज विमानमा आएका बाँकेका थप एकजनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। उनलाई बिहीबार घरबाट ल्याएर महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ।

    खजुरा गाउँपालिका खजुराका उनी फ्रान्सबाट कतार हुँदै नेपाल प्रवेश गरेकी १९ वर्षीय युवती सवार विमानमा आएका थिए। संक्रमित युवती सवार विमानका अन्य यात्रुलाई पनि कोरोनो संक्रमण हुन सक्ने भन्दै सरकारले उनीहरूको खोजी गरिरहेको छ।

    कतार एयरवेजको विमानमा सवार व्यक्तिको नाम र नागरिकता नम्बर भिडाउँदा उनी खजुरा गाउँपालिका ३ खजुराका भएको तथ्य पत्ता लागेको थियो। सोही विमानमा सवार तीनजनालाई यसअघि नै क्वारेन्टाइनमा राखिएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]