|

एजेन्सी : फ्रान्सका एक व्यक्ति लकडाउन अवज्ञा गर्दै चुरोट किन्न जाँदै गर्दा प्रहरीको फन्दामा परेका छन् । उनीमाथि प्रहरीले एक सय ३५ युरो (झण्डै साढे १७ हजार रुपैयाँ) जरिवानासमेत गरेको छ।

फ्रान्सका प्रहरीले बताएअनुसार गत शनिबार दक्षिण फ्रान्सको पेर्पिग्नन् सहरका ती युवा कारमार्फत जान खोजेका थिए । तर अत्याधिक मात्रामा सहरमा प्रहरी परिचालन भएको देखेपछि उनी हिँडेरै स्पेन जान लाग्दा उनलाई प्रहरीले समातको थियो । 

ती युवाले फ्रान्सको सीमा छिचोल्न पहाडी बाटो रोजेका थिए । झाडीको बाटो भएर जाँदै गर्दा उनी झरनाबाट लडेका थिए । त्यहाँबाट झरेपछि उनलाई प्रहरीले समातेको बताएको छ । झरबाट झरेका उनलाई प्रहरीले हेलिकप्टरको सहायताले उद्धार गरेको थियो । भिजेर बिरामी परेका उनलाई प्रहरीले सकुशल घरै फर्काइदिएको बताएको छ । प्रहरीले ती व्यक्तिको नाम भने खुलाएको छैन । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.