|

काठमाडौं :  कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि स्वीट्जरल्याण्ड सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपाल सरकारको आग्रहअनुसार विकास र साझेदारीका लागि स्वीस एजेन्सी (एसडीसी) मार्फत् नेपाल सरकारका सम्बन्धित अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल स्थित स्वीस राजदुतावासले जनाएको छ ।

पीसीआर टेष्ट किट ३० हजार थान, चिकित्सकले कोरोनाको उपचारमा लगाउने व्यक्तिगत सुरक्षा उपकरण पीपीई पाँच हजार थान र दुई सय थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको दुतावासद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सबै सामाग्रीको मूल्य ५ लाख ९७ हजार स्वीस फ्र्यांक अर्थात ७ करोड ५८ लाख नेपाली रुपैयाँ बराबरको रहेको राजदुतावासले जनाएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप सहयोग जारी राख्ने पनि स्वीस राजदुतावासले उल्लेख गरेको छ ।

विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.