कपिलवस्तु

  • कपिलवस्तुलाई सुन्दर शहरको रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

    चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कपिलवस्तुलाई सुन्दर शहर बनाउनुपर्ने बताएका छन्। अबको विकास कपिलवस्तुबाट शुरु गर्ने बताउँदै सुन्दर शहर निर्माणका लागि प्रदेशले डिपिआर निर्माण गर्ने बताए। शुक्रवार हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको ...

  • कपिलवस्तुमा बस दुर्घटना अपडेट :  मृतक सबैको सनाखत

    कपिलवस्तु :कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ।  दुर्घटनामा भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, वडा नम्बर २ का सुदीप भट्ट,​ वडा नम्बर ४ का २४ वर्षीय...

  • कपिलवस्तुको शिवराजमा बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

    कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।   मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।...

  • आठौँ चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा

    चन्द्रौटा : चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो। शिवराज नगरपालिकालाई औद्योगिक र ...

  • समय अगावै पुल निर्माण गर्ने व्यावसायीलाई मन्त्रीले गरे सम्मान

    कपिवस्तु : कपिलवस्तु शिवराज नगरपालिका १ र ९ को सीमामा रहेको सुरही खोलामा निर्माण गरिएको पुल शनिवार भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन्।  एक वर्ष अघि नै सञ्चालनमा आएको ३६० मिटर लामो उक्त पुल ४६ करोड १५ लाखमा  निर्माण गरिए...

  • लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

    लुम्बिनी : बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ। लुम्बिनी सांस्कृतिक नगरपाल...

  • कपिलवस्तुमा क्षयरोग डिआर उपचार केन्द्र सञ्चालनमा

    चन्द्रौटा : औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। जिल्लाका क्षयरोगका बिरामी उपचारका लागि अन्त जानुपर्ने बाध्यता अन्त्य गर्न चन्द्रौटास्थित आधारभूत स्वास्थ्यसेवा अस्पतालमा केन्द्रको शुक्रव...

  • चन्द्रौटा बजार अनुगमन : म्याद सकिएका सामग्री जफत

    चन्द्रौटा : चाडपर्व नजिकिएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा शिवराज नगरपालिका र इलाका प्रशासन कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गरेको छ। दुई दर्जनभन्दा बढी पसलमा अनुगमन गर्दा सबै पसलमा मूल्य सूची नराखेको पाइएको छ। टोलीले किराना पसल तथा औषधि पसलमा रहेका म्याद स...

  • सर्पले डसेर एकै घरका दुई बालिकाको मृत्यु

    चन्द्रौटा : कपिलवस्तुमा सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु भएको छ। मंगलवार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका–९ भलवाडका दिदी र बहिनीको उपचारका क्रममा बुधवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। भलवाड नि...

  • पशुचौपाया व्यवस्थापन नगर्ने जनप्रतिनिधिलाई मुद्दा हाल्न सकिने : अदालत

    चन्द्रौटा : कपिलवस्तु जिल्ला अदालतले छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न जिल्लाका दशवटै स्थानीय तहलाई आदेश दिएको छ। उक्त आदेश पालना नगर्ने पालिकाका जनप्रतिनिधिलाई अदालतमा मानहानिको मुद्दा समेत दायर गर्न सक्ने बाटो खुला भएको अदालतले जनाएको छ। साथै अदालतले छाडा पश...

  • छाडाचौपायाको व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

    चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपायाको व्यवस्थापन हुने बताए। लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघि बढ्ने मुख्यमन्त्री चौधरीले बताए। छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गरेको पहल र प्रयास असफल...

  • समस्या बढेपछि गाउँमै पुगेर आँखा जाँच

    चन्द्रौटा : आँखा पाक्ने रोगको जोखिम बढसँगै शिवराज नगरपालिका वडा ३ ले गाउँमै पुगेर आँखा शिविर सञ्चालन गरेको छ। वडाका नागरिकहरूलाई आँखाको रोगबाट बचाउन निःशुल्क शिविर सञ्चालन गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए। सापकोटाकै नेतृत्वमा वडाका विभिन्न गाउँमा पुगेर...

  • करेन्ट लागेर बालिकाको मृत्यु

    कपिलवस्तु : विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटकी छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।  घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मो...

  • पोखरीमा डुबेर दाजुभाइको मृत्यु

    कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिका ५ बगहीमा  एकै परिवारका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्। मङ्गलबारदेखि हराएका वर्ष ५ का  राजन यादव र ७ वर्षका साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण...

  • कपिलवस्तुमा बसको ठक्करबाट १० वटा गाईगोरु मरे

    कपिलवस्तु : पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा ३ खरखरेमा बसको ठक्करबाट १० वटा गाईगोरु मरेका छन्। काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको बताइएको छ। मङ्गलवार राति अन्दाजी २ ब...

  • कृष्णनगर नाकाबाट ३५६ जनाको उद्धार

    कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नाकाबाट एक वर्षमा ३५६ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ। मानवबेचबिखनविरुद्ध काम गर्दै आएको शान्ति पुनःस्थापना गृहले एक वर्षमा ती महिला तथा बालबालिकालाई उद्धार गरेको जिल्ला संयोजक वसन्ती जिसीले बताइन्। उद्धार गरिएकाहरू भा...

  • नदीको भेलसँगै बग्दै पुरातात्त्विक वस्तु

    तौलिहवा : बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्त्विक महत्त्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन्। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो...

  • शिवराज नगरपालिकाको आदर्श माविले पालिकाबाहिरका विद्यार्थी नपढाउने

    कपिलवस्तु : महाराजगंज नगरपालिका पडरीयाका महेन्द्र यादव भाइलाई कक्षा ११ मा भर्ना गराउन नेपाल आदर्श मावि शिवपुरमा पुगे। शिक्षा संकायबाट गणित विषयमा अध्ययन गराउन विद्यालय पुगेका यादवको सपना पूरा हुन सकेन। ‘शिवराजवासी नभएकै कारणले भाइलाई नेपाल आदर्शमा&...

  • स्रोत नखुलेको ४८ लाखसहित एकजना पक्राउ

    कपिलवस्तु : कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।​ मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहर...

  • ३६ किसानलाई कृषि उपकरण वितरण

    चन्द्रौटा : कृषि उत्पादन बढाउन कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। नगरभित्र रहेका ३६ जना व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो। बिहीबार कृषि विकास शाखाले ब्रासकटर ४ थान, मिनी टिलर २६ थान र पावर टिलर ६...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]