|

काठमाडौं : नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएकोले स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धनका दलसँग तालमेल गरेर जानुपर्ने बताएका छन्। 

काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर मोडालिटी तय हुन्छ। कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो कसरी कसका कारण कांग्रेस नेतृत्वको सरकार निर्माण भयो ? यी सबै कुरा सबैले ख्याल राख्नुपर्छ।’     

अबको चुनावमा जनताले सबै पार्टीको लेखाजोखा गर्ने बेला बताए। देश र जनताका लागि कुन पार्टीले के गर्यो भन्ने कुरा क्षणभरको घटनाका क्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो पार्टीलाई मत दिन आग्रह गरे। 

अब काठमाडौं महानगरबासीले जनले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.