कालिकोट : हिमाली हिराका रुपमा चिनिएको यार्सागुम्बा बेच्न तिब्बत बजारमा पुगेका नेपालीले राम्रो बजार मूल्य नपाएको गुनासो गरेका छन्। यस वर्ष नेपाली बजारमा राम्रो मूल्यनपाएर तिब्बतमा यार्सागुम्बा बेच्न पुगेका नेपाली व्यापारी ले त्यहाँ पनि राम्रो मूल्य नपाएको गुनासो गरेका हुन्।
तिब्बतमा यार्सागुम्बा बेच्नका लागि पुगेका कर्णालीका हिमाली भेक हुम्ला, मुगु र डोल्पाका व्यापारी तथा स्थानीयहरूले त्यहाँ राम्रो मूल्य नपाएपछि केहीले आफन्तलाई बेचिदिन आग्रह गर्दै त्यही छोडेर नेपाल फर्किका छन् भने केहीले व्यापारी तथा स्थानीयले सस्तो मूल्यमा बिक्री गरेर फर्किएका छन्। तिब्बतका बिभिन्न बजारमा वर्षायाममा लाग्ने हाटबजारमा यार्सागुम्बाको व्यापार गर्न पुगेका नेपालीले यार्सागुम्बा बिक्री गर्न नपाएको र यार्सागुम्बाको मूल्य पनि राम्रो नपाएको डोल्पा डोल्पो बुद्ध गाउँपालिकाका छेर्का लामा तामाङले बताए। ‘यस बर्ष नेपाली यार्सागुम्बा व्यापारीले पनि राम्रो मूल्य तिब्बत बजारमा पाएनन्।’ उनले भने,‘यार्सागुम्बाको राम्रो मूल्य नपाउँदा कयौं व्यापारीले घाटा खानु परेको छ।’
नेपाली यार्सागुम्बासहित तिब्बती बजारमा जडिबुटी किन्ने, त्यही बिक्री भएको आम्दानीबाट घरखर्च र अन्य सरसमान ल्याउने गरेकोमा यस वर्ष व्यापारी तथा हिमाली भेकका स्थानीयले सामान बिक्री नुहँदा समस्या भएको डोल्पा शेफोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङले बताए। ‘तिब्बतको सिमामा प्रत्येक वर्ष हाटवजार लाग्ने गर्छ। त्यही हाटबजारमा नेपालीहरुले यार्सागुम्बा लगायतका जडिबुटी बेच्ने गरेका थिए।’ उनले भने, ‘यसवर्ष यार्सागुम्बा लगायतका जडिबुटी तिब्बती बजारमा बिक्री भएन। यहाँका स्थानीयलाई समस्या भएको छ।’
हिमाली जिल्लाको यार्सागुम्बा संकलनको समयमा पाटन क्षेत्रमा प्रतिकिलो १७ लाख ५० हजार रुपैयाँमा यार्चागुम्बा खरिद गरेका व्यापारीले, तिब्बती व्यापारीले यार्चागुम्बाको प्रतिकिलो १४ लाखभन्दा बढी दिन नमानेको र नेपाली व्यापारीले घाटा खाएर बेच्न नसकिने मुगु कार्मारोङ गाउँपालिका व्यापारी टासी तामाङले बताए। ‘हामीले यार्सागुम्बा संकलन हुने समयमा पाटन क्षेत्रमा १७ लाखभन्दा बढी पैसा हालेर किनेका थियौं।’ उनले भने, ‘चिनियाँ व्यापारीले त्योभन्दा निकै कम मूल्य दिन थालेपछि घाटा खाएर बिक्री गर्न समस्या भएका कारणले बिक्री नै नगरी नेपाली व्यापारी फर्किएका छन्।’
कर्णाली बिभिन्न वन क्षेत्रमा यार्सागुम्बाको राम्रो संकलन हुने यसैको आम्दानीबाट यहाँका स्थानीयबासीले खर्चखर्च लगायतका सामानको जाेहो गर्ने गरेको र यस वर्ष यार्सागुम्बा लगायतका जडिबुटीले राम्रो मूल्य नपाउँदा समस्या भएको हुम्लाका जयपति रोकायाले बताए। ‘यहाँका मानिको मुख्य आम्दानीको स्रोत जडिबुटी र यार्सागुम्बा हो।’ उनले भने, ‘त्यही पनि राम्रो मूल्य नपाउँदा समस्या भएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।