विश्व

हङकङ प्रवेश गर्ने स्वदेश तथा विदेशी नागरिकले २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

पुस १०, २०७७

    काठमाडौं :  हङकङ प्रवेश गर्ने विदेशी वा स्वदेशी नागरिकले २१ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ।

    यस अघि विदेशबाट हङकङ प्रवेश गर्नेले ७ दिन होटलमा क्वारेन्टाइनको रुपमा बस्नुपर्ने नियम थियो। पछिल्लो समय हङकङमा तिव्र रुपमा कोभिड संक्रमितहरुको वृद्धि भइरहेको छ।

    साता दिनमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन्। सरकारले दक्षिण अफ्रिकाबाट प्रवेश गर्नेलाई प्रतिबन्ध लगाइसकेको छ। हाल सम्म ८ हजार ४ सय २५ जनामा कोरोना पुष्टि भएको, संक्रमणमुक्त ७ हजार २ सय ३ र मृत्यु १ सय ३५ जनाको मृत्यु भएको छ।

    यसअघि सरकारले बेलायतबाट आउने उडानलाई प्रतिबन्ध लगाइसकेको छ। बुधबार बेलायतबाट आएका दुई विद्यार्थीलाई नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ।

    शुक्रबार सरकारी अधिकारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,' चीनबाट आएकाले २१ दिन र अन्य राष्ट्रबाट आएका नागरिकले सरकारले तोकेको होटलमा २१ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]