|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच शनिबार निर्णायक छलफल हुने भएको छ।

आइतबार स्थानीय चुनावको मिति तोक्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसँग निर्णायक छलफल गर्न लागेका हुन्। बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा स्थानीय तह निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा निर्णायक छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि बोलाइएको जानकारी दिए।

प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र त्यसमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ। संविधान संसोधन विधयेक पास नभएसम्म चुनाव संभव नरहेको बताउँदै आएको मधेशी मोर्चाले पनि आज प्रधानमन्त्रीसँग निर्णायक छलफल हुने जनाएको छ।

मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले छलफलमा केपी ओली नेतृत्वको सरकारले गर्न नसकेको कुन चाहिँ काम गर्नुभयो? भनेर प्रधानमन्त्रीलाई प्रश्न राखिने बताए। सरकार बनाउँदा गरेका सहमति र प्रतिवद्धता प्रधानमन्त्रीले भुलेको भन्दै यादवले आफूहरु अब सरकारको भुलभुलैयामा नपर्ने बताए।

सरकारले चुनावको मिति तोकेकै दिन मोर्चाले पनि आन्दोलन घोषणा गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.