|
फाइल फोटो

बागलुङ : काठको फड्के (अस्थायी साँघु) तर्ने क्रममा खोलामा खसेर बागलुङमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको ढोरपाटन नगरपालिका-८ बोबाङमा साँघुबाट खसेर ५८ वर्षीय गोरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढोरपाटन नगरपालिका-९ का सुनार भुजीखोला तर्ने क्रममा साँघुबाट खसेका थिए। उनको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्षेनी साँघुबाट खसेर सर्वसाधारणको मृत्यु हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.