|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.