|

काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका  छन्। 

प्रधानमन्त्री ओलीलाई बुधबार साँझ भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ती निकालेर जानकारी दिए।  बालुवाटरमा भएको भेटमा दुवै देशको सम्बन्धलाई वार्ताको माध्यमबाट हल गर्ने विषयमा छलफल भएको थापाले जनाएका छन्। 

यस अघि गोयलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेको भन्ने समाचार आएपछि दुवै नेताले आफूहरुले नभेटेको जनाएका थिए।

यस्तो छ थापाको विज्ञप्ती

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।

भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
६ कात्तिक २०७७

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.