सत्तापक्षकै सांसद भन्छन् : ‘घटनाको जिम्मा सरकारले लिनुपर्छ’

|

विराटनगर : नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या चन्दा नदिएको निहुँमा गरेको खुलेको छ।

विप्लवले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको भए पनि १० हजार चन्दा नदिएको निहुँमा उनको हत्या भएको खुलेको हो। विप्लव समूहले गत असारमा श्रेष्ठसँग १० हजार चन्दा मागेका खुलेको छ। सो समयमा उनले ५ हजार मात्र रहेको बताएपछि सो रकम नलिई ‘विप्लव’ समूहका कार्यकर्ता फर्किएका थिए।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो साता पनि बाहिरबाट सरहरू आउनुहुन्छ भन्दै विप्लव समूहले खसी मागेको थियो। तर, श्रेष्ठले खसी नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेका थिए।

​पछि सोही घटनालाई दिएर ‘विप्लव’ समूहका कार्यकर्ता र शिक्षक श्रेष्ठबीच तनाव उत्पन्न भएको देखिन्छ’ अनुसन्धानमा संलग्न ती  प्रहरी अधिकारीले भने। विप्लव समूहले गएको मंगलबार अपहरण गरी शिक्षक श्रेष्ठको बर्बरतापूर्वक ढंगले हत्या गरेको थियो।

उसले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको थियो र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको छ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।यसले सोही साँझ विज्ञाप्ती जारी गरी श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी गरेको छ।

बर्खेबासीका लागि प्रिय शिक्षक

विप्लवबाट हत्या गरिएका शिक्षक श्रेष्ठ श्रेष्ठ बर्खेबासीका लागि प्रिय थिए। शिक्षाका साथै विकास निर्माणलगायतका कार्यमा उनकै नेतृत्व हुने गर्दथ्यो। विगत २५ वर्षदेखि उनले सो विद्यालयमा पढाउँदै आएका थिए।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।​

​प्रधानाध्यापक श्रेष्ठले सडक विस्तार, सामाजिकलगायत कार्यमा ठूलो देन रहेको स्थानीयराजन राईले बताए। उनले भने,‘हामीले शिक्षासेवा तथा विकासप्रेमी अभिभावक गुमायौं।’ २०४६ सालबाट शिक्षण पेसा सुरु गरेको श्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य समेत रहेका थिए। विगत २५ वर्षदेखि उनले स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका थिए।

हत्यारा खोज्न प्रहरीको सर्च अपरेशन

प्रधानाध्यापक श्रेष्ठको हत्या गरिएको क्षेत्रमा प्रहरीले सर्च अपरेशन चलाइरहेको छ।तर अहिलेसम्म श्रेष्ठको हत्यामा सलग्नकसैलाई प्रहरीले पक्राउ गरेको छैन।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङसहित छिमेकी जिल्लाका समेत प्रहरी उतारेर सर्च अपरेशन चलाइएको हो। मिक्लाजुङ इलाम, पाँचथर र धनकुटाको सीमाक्षेत्रमा अवस्थित विकट पहाडी क्षेत्र हो।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी कमल थापका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल क्षेत्रमा चारदीन यतादेखि परिचालित भएको छ। हत्यामा संलग्न विप्लवका कार्यकर्ताको खोजी भइरहेको र हत्यामा संलग्न विरुद्ध कडारूपमा प्रस्तुत हुने योजनासहितको निर्देशन गरिएको उनले बताए।

सत्तापक्षका सांसद भन्छन्,‘घटनाको जिम्मा सरकारले लिनुपर्छ’

मोरङको मिक्लाजुङ क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन्।

गत वर्ष मिक्लाजुङमा विप्लव समूहले तीनवटा स्काभेटर जलाएपछि त्यसलगत्तै सुरक्षाका लागि त्यहाँका सांसद र स्थानीयबासीले संघीय सरकारलाई सशस्त्र प्रहरीको बेस क्याम्प राख्न आग्रह गरेको भएपनि  प्रहरीको बेस क्याम्प नराखिएकाले घटना हुन पुगेको सांसद लिम्बूले बताए।

‘प्रहरीको बेस क्याम्प राख्ने जनप्रतिनिधि र स्थानीयको मागलाई बेवास्ता गरियो’,सांसद लिम्बुले भने,‘सुरक्षा संयन्त्रको कमजोर उपस्थितिको फाइदा उठाउँदै विप्लव समूहले व्यक्ति हत्यासमेत गर्न भ्यायो।’

उनले सुरक्षाका लागि बेस क्याम्प राख्नुपर्‍यो भन्दा गृह मन्त्रालयले हुन्छ मात्रै भनेको पनि बताए।

प्रदेश सांसद लिम्बूले भने ‘सरकारको कमजोरीका कारण शिक्षकको हत्या भएको हो। यसको जिम्मेवारी वर्तमान सरकारले लिएर मृतकलाई शहीद घोषणा गर्नुपर्छ। र शिक्षकको परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.