|

काठमाडौं : सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले पनि माग पूरा हुने नदेखिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ।

मोर्चा घटक तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बुधबार बसेको बैठकले यथास्थितिमा चुनावमा जान नसकिने भन्दै बहिस्कारको निर्णय गरेको हो। बैठकले यथास्थितिमा संविधान संशोधन विधेयक अस्वीकार गर्ने निर्णयसमेत गरेको तमलोपा नेता अकबल अहमद साहले बताए।

‘संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकले सीमाङ्कन लगायतका मूलभूत मुद्दालाई संवोधन नगरेकोले त्यस्तो विधेयक स्वीकार्य छैन’, मोर्चाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा माग पूरा नभएकोले आन्दोलन जारी राखिनेछ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले अघि सारेका ११ र २६ बुँदे माग पूरा गर्ने गरी संविधान संशोधन गर्न दाबाब दिने बैठकको निर्णय छ। मोर्चाले आफ्ना माग पूरा गराउन शान्तिपूर्ण, अहिंसात्मक र जनअवज्ञा आन्दोलनलाई निरन्तरता दिने भनेको छ। उसले चैत ३१ गते तराई/मधेसका सबै जिल्ला सदरमुकाममा विरोध जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते निर्वाचन आयोगको कार्यालय घेराउ गर्ने निर्णय पनि गरेको छ। 

बैठकपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हाल पेश भएको विधेयक विगतको भन्दा मधेसविरोधी भएको आरोप लगाए। ‘पाँच नम्बर प्रदेशबाट पहाडका जिल्ला नहटाउने एमालेको चाहनालाई पूरा गर्न यो विधेयक ल्याएजस्तो देखिन्छ’, यादवले भने, ‘सीमाङ्कनको प्रमुख मुद्दालाई बाइपास गर्न कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेको देखियो।’

यस्तो छ विज्ञप्ति:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.