|
प्रतीकात्मक तस्विर

रुकुम पूर्व  : गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले गएराति खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका मनबहादुर बुढा र कमल बुढा घाइते भएका हुन्।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज लगिएको छ। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ।  केही समयमा पार्टीका नेता आएपछि घटनाबारे छानबिन सुरू गर्ने प्रहरीले जनाएको छ।

गत हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.