|

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ।

सोमबार कार्यक्रम गरी मञ्चले आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो।  सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन्। गत वर्ष पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए। ​

२०६५ सालदेखि अहिलेसम्म १२ पटक पिपल्स च्वाइस अवार्ड दिएको मञ्चले जनाएको छ। अहिलेसम्म ६ पटक भलिबलका खेलाडीले अवार्ड जित्दा ३ पटक टेबल टेनिसले जित्दा उसु, एथ्लेटिक्स र फुटबलका एक एक जनाले यो अवार्ड पाएका छन्। २०६५ सालमा भलिबलकी मञ्जु गुरुङले अवार्ड जितेकी थिइन्। यसपछि २०६६ सालमा फुटबलका सन्तोष साहुखलले हात पार्दा २०६७ मा फेरी भलिबलबाटै सिपोरा गुरुङ विजेता हुँदा अर्को वर्ष २०६८ df पनि भलिबलकी रमिला तण्डुकारले यो अवार्ड जितेकी छिन्।

२०६९ संस्करणमा उसुकी झरना गुरुङले अवार्ड जित्दा २०७० मा फेर भलिबलकै वर्चस्व रह्यो। भलिबल खेलाडी  सरस्वती चौधरीले अर्वाड हात पारिन्। एक वर्ष भुइँचालोले गर्दा अवार्ड नै हुन सकेन।

२०७२–सालमा टेबलटेनिसकी  नविता श्रेष्ठले, २०७३ सालमा  एथलेटिक्सकी कान्छीमाया कोजुले जित्दा २०७४ सालमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठले अवार्ड बाजी मारे। त्यसपछि लगातार २ वर्ष फेरी भलिबलकै खेलाडीले यो अवार्ड जिते। २०७५ सालमा रेश्मा भण्डारी र २०७६ सालमा अरुणा शाहीले पिपल्स च्वाइस अवार्ड जिते।

यस्तै २०७७ सालको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले जितृकी थिइन्। १० महिला खेलाडीले जित्दा दुई पुरुष खेलाडीले यो अवार्ड जितेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.