|

म्याग्दी : धौलागिरि हिमालको आधार क्षेत्रबाट फर्कने क्रममा एक भरिया बेपत्ता भएका छन्। आरोहीको सामान बेसक्याम्प पुर्‍याएर इटाली बेसक्याम्पतर्फ फर्किदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।

बेपत्ता राई सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–१ नुथलाफुलेली गाउँका हुन्। संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। 

उनका अनुसार बेपत्ता राईसँगै फर्किदै गरेका धीरज राई र अमृत राई सुरक्षित छन्। ‘हिउँपहिरोमा परेको आशंका गरिएको छ, खोजी भइरहेको छ’, पर्यटन व्यवसायी शेरचनले भने। आरोहणमा गएका र फर्किने क्रममा रहेका सबै भरिया र र पथप्रदर्शक भने सुरक्षित रहेको बताइएको छ। शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.